नेपाली छात्रसंघ (रसियाली जनमैत्री विश्वविद्यालय) को अग्रसरतामा यमपञ्चकको अन्तिम दिन आयोजित भव्य उत्सवीय कार्यक्रममा रूसमा रहेका नेपालीहरूको व्यापक उपस्थिति रहेको थियो । त्यहाँ मास्कोका विभिन्न उच्च शिक्षण संस्थानमा अध्ययनरत नेपाली छात्रछात्राहरूका साथै रूस सीआईएस नेपाल उद्योगवाणिज्य संघ, नेपाली नारी निकुञ्ज, विश्व नेपाली साहित्य महासंघ, रूस शाखा, नेपाल खेलकूल तथा संस्कृति समाज र गैरआवासीय नेपाली संघ रूसका पदधिकारीहरू तथा सदस्यहरू आपसमा शुभकामनाको आदानप्रदान गर्दै उत्सवीय वातावरणमा रमाइरहेका देखिन्थे ।