NON-RESIDENT NEPALI ASSOCIATION
RUSSIA
गैर-आवासीय नेपाली संघ
रसिया
 
   मुख्य पृष्ठ    एनआरएनए रसिया    कार्यकारी समिति    अभिलेखालय    प्रेस विज्ञप्ति    दस्तावेज    सदस्य सूची
 
NEWS SCROLLER » General assembly of NCC Russia » NRN Russia: » Non Resident Nepali Association (NRNA)
एनआरएन महासंघ
कार्यकारी समिति
सदस्य सूची
प्रेस विज्ञप्ती
सल्लाहकार समिति
आगामी कार्यक्रमहरु
लेखहरु
अन्तर्वार्ता
हाम्रो बारेमा
नेपालको बारेमा
नेपाल घुम्नुहोस्
समाचार अभिलेखालय
तस्वीर ग्यालरी
प्रतिक्रिया
सम्पर्क
FAQ
तस्वीर ग्यालरी
 
समाचार शीर्षक
 
रुसको इस्त्रा तटमा गैरआवासीय नेपालीहरुको बृहत कार्यक्रम
NRN Russia
 
महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मसताब्दी तथा फ्री नेपाल डट कमको दसौं वार्षिकोत्सवका अवसरमा रुसमा आयोजित विविध कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको अन्तिम दिन शुक्रबार मस्कोबाट करिब एक सय किलोमिटर पर इस्त्रा नदी तटमा भव्य साहित्यिक, खेलकुद, चित्रकला प्रतियोगिताका साथै बृहत पिकनिक सम्पन्न भएको छ।

महाकवि देवकोटाको जन्मसताब्दी एवं फ्री नेपाल डट कमको दसौं वार्षिकोत्सवका अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज मस्को च्याप्टरको तत्वावधानमा आयोजित कार्यक्रम रुसका लागि नेपाली राजदूत सुर्यकिरण गुरुङको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै राजदूत गुरुङले फ्री नेपाल डट कमले दसौं वर्ष पार गरेकोमा शुभकामना दिनु हुँदै आगामी दिनमा अझ सशक्त र सत्यतथ्यमा आधारित भएर अघि बढ्न सुझाव दिनु भएको थियो ।

राजदूत गुरुङले रुसमा रहेका नेपालीहरुको एकताको प्रशंसा गर्नु हुँदै यसबाट यहाँ नेपाली समुदाय सशक्त रुपमा अघि बढ्न सकेको बताउनुभयो । कार्यक्रममा राजदूत गुरुङले रुसमा रहेका नेपालीबीचको एकताबाट सबैले पाठ सिक्नसक्ने बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष तथा रुस नेपाल व्यापार अध्यक्ष डा. उपेन्द्र महतोले नेपालीका लागि नेपाली भन्ने महान उद्देश्य लिएर अघि बढेको गैरआवासीय नेपाली अभियान नेपाल र नेपालीको हितमा सक्रिय रहेको बताउनुभयो । उहाँले हरियो राहदानी लिएर हिड्ने नेपालीको शिर विश्वमै सगरमाथाजस्तो उच्च बनाउन यो अभियान सफल हुने विश्वास व्यक्त गर्नु हुँदै यस अभियानमा फ्री नेपाल डट कमले पुर्‍याएको योगदानको सराहना गर्नुभयो ।

उहाँले नेपाललाई विकासको पथमा अघि बढाउन सबै एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभयो । अध्यक्ष डा. महतोले आपसी एकताबाटै नेपालको विकास र आर्थिक उन्नति सम्भव रहेको बताउँदै त्यसमा सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले इस्त्रा नदी तटको यस प्रकारको कार्यक्रमले आपसी एकता र भाइचारा बढाउन महत्वपूर्ण योगदान पुर्‍याउन सक्ने बताउनुभयो ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य जीवा लामिछानेले विश्वका विभिन्न एकताको सूत्रमा बाँध्न एनआरएन अभियान सफल भएको भन्दै त्यसमा अनलाइन मिडियाहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । उहाँले एनआरएन अभियान यहाँसम्म ल्याइपुर्‍याउन अनलाइनहरुको महत्वपूर्ण भूमिका रहेकोमा जोड दिनु हुँदै यसलाई अझ तथ्यमा आधारित बनाएर अघि बढाउन सक्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा एनआरएन रुसका सचिव, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज रुस च्याप्टरका अध्यक्ष एवं फ्री नेपाल डट कमका प्रधानसम्पादक डा.मधुकृष्ण श्रेष्ठले विश्वमा छरिएर रहेका नेपालीलाई एकत्रित गराउने कार्यलाई फ्री नेपाल डट कमले आफ्नो कर्तव्य ठानेर अघि बढेको बताउनुभयो । उहाँले भन्नुभयो, आज हामी इस्त्रा जलसरोवरको सन्दर तटमा एनआरएन डे, रसियन डेको शुभमुहूर्तमा फ्री नेपाल डट कमको दसौं वार्षिकोत्सव मनाइरहेका छौं, मस्कोबाट दूर क्षितिजमा अवस्थित यो स्थान कोलम्बसले अमेरिका पत्ता लगाएजस्तै हाम्रा संयोजक शम्भू रिजालले ८ वर्षअघि पत्ता लगाउनुभएको थियो । उहाँले दस वर्षअघि स्थापित फ्री नेपाल डट कम थोपाथोपा मिलेर बनेको एउटा सानो तलाउ हो जहाँबाट हामी आज समुद्रको कल्पना गरिरहेका छौं भन्नु हुँदै यो तलाउ पानीबाट होइन, आंसु र पसिनाबाट बनेको छ भन्नुभयो । उहाँले रहर र प्रेरणाबाट यो तलाउ बन्न सम्भव भएको भन्दै ज्ञानेन्द्र बज्राचार्य, भीम इटनी र कवि हृदयबाट ओतप्रोत शम्भु रिजालले फ्री नेपालको रोडम्याप नकोरिदिनु भएको भए यो अवस्था सम्भव नभएको बताउनुभयो । उहाँले डा. जंगव चौहान, कृष्णप्रकाश श्रेष्ठ, सुशिल सिग्देल, विक्रम सुब्बाका साथै रुसबासी नेपाली समुदायको न्यानो स्नेहबाट फ्री नेपाल डट कमले एक दशक पार गरेको उल्लेख गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै जयपृथ्वी-इभान मिनायेभ पुरस्कार ग्रहण गर्न मस्को आउनु भएका बरिष्ठ साहित्यकार डा. ध्रुवचन्द्र गौतमले अहिलेको फ्री नेपाल डट कमको अवसरमा रुसमा आएर सम्मानित हुँदा आफू गौरवान्वित भएको बताउनुभयो । त्यस्तै जयपृथ्वी-इभान मिनायेभ पुरस्कार ग्रहणकै लागि मस्को आउनु भएका बरिष्ठ साहित्यकार डा. गोविन्दराज भट्टराईले वर्तमान अवस्थामा साहित्य, कला, संस्कृति आदानप्रदानका लागि साइबर स्पेस महत्वपूर्ण माध्यम भएको भन्दै त्यसलाई उपयोग गरेर फ्री नेपालले दश वर्षअघि सुरु गरेको साहित्यिक यात्रा सफल र सराहनीय रहेको बताउनुभयो । उहाँले फ्री नेपाल डट कमले प्रकाशन गरेको नेपालबाहिर नेपाली साहित्यलगायतका प्रकाशन र अनलाइनबाट नेपाली प्रवासी साहित्यको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको बताउनुभयो ।

कार्यक्रमलाई नेपाली नारी निकुञ्ज रसियाका उपाध्यक्ष विन्दिता लामिछाने, गैरआवासीय नेपाली संघ रुसका अध्यक्ष डा. मणिराज पोखरेल, एनआरएन रुसका उपाध्यक्ष सन्तोष केसी, नेपाली छात्र संघ जनमैत्री विश्वविद्यालयका अध्यक्ष विमला भण्डारी, फोटो पत्रकार किरणमान चित्रकारलगायतले सम्बोधन गर्नुभएको थियो भने फ्री नेपाल डट कमका सम्पादक दिनेश बस्नेतले अनलाइन पत्रकारिताको विगत, वर्तमान र भविष्यका विषय समेटिएको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

सोही कार्यक्रममा प्रवासमा रहेर लामो समयदेखि नेपाली साहित्यको सेवा र रुस नेपाल सम्बन्ध एवं साहित्य, कला र संस्कृति आदान प्रदानमा पचास वर्ष बिताउनुभएका बरिष्ठ साहित्यकार कृष्णप्रकाश श्रेष्ठलाई सम्मान गरिएको थियो । उहाँलाई रुसका लागि नेपाली राजदूत सुर्यकिरण गुरुङ र एनआरएन-आइसीसी अध्यक्ष डा. उपेन्द्र महतोले सम्मान गर्नुभएको थियो भने अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका कोषाध्यक्ष डिल्ली खरेल सुमनले दश हजार रुवल नगद प्रदान हस्तान्तरण गर्नुभएको थियो ।

साथै सोही अवसरमा फ्री नेपाल डट कमको दसौं वार्षिकोत्सवमा अवसरमा आयोजना गरिएको रुसव्यापी कविता प्रतियोगिताका विजयीहरुलाई पुरस्कार र प्रमाणपत्र वितरण गरिएको थियो । सो प्रतियोगितामा प्रथम हुनु भएका कवि दामोदर बस्याल र दोस्रो हुनु भएका कवि कुशलकुमार आचार्यलाई प्रमाणपत्र र क्रमशः ५ र 3 हजार रुबल प्रदान गरिएको थियो । सो पुरस्कार राशी फ्री नेपाल डट कमका संयोजक शम्भु रिजालले प्रायोजन गर्नुभएको हो ।

साथै सोही अवसरमा आयोजना गरिएको स-साना बालिबालिकाको सुन्दर चित्रकला समेत प्रदर्शन गरिएको थियो । बालबालिकाहरुले कार्यक्रमस्थलमै चित्र कोरेका थिए । सो चित्र कार्यक्रम स्थलमै प्रदर्शनमा राखिएको थियो। सो चित्रकला प्रतियोगितामा तीस बालबालिकाले भाग लिएका थिए। चित्रकलामा सहभागी बालबालिकालाई श्रीमति डली गुरुङले पुरस्कार वितरण गर्नुभएको थियो ।

कार्यक्रममा भलिबल र फुटबल प्रतियोगितासमेत आयोजना गरिएको थियो । इस्त्रा नदी तटमा आयोजना गरिएको फुटबल प्रतियोगितामा रुसका लागि नेपाली राजदूत सुर्यकिरण गुरुङ, गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष डा. उपेन्द्र महतो, केन्द्रीय सदस्य जीवा लामिछाने, केन्द्रीय प्रवक्ता जुगल भुर्तेललगायतको समेत सहभागिता थियो । फुटबलतर्फ बालबालिकालेसमेत भाग लिएका थिए । प्रतियोगिताको फाइनलमा फुटबलतर्फ बराबर भएको थियो । फुटबलतर्फ डा. जुगल भुर्तेलले रेफ्रीको भूमिका निर्वाह गर्नुभएको थियो । प्रतियोगितामा डा. सुशिल सिग्देल र मिरेज मल्ला उत्कृष्ट खेलाडी घोषित हुनु भएको थियो । प्रतियोगिताका विजयी खेलाडीहरुलाई पुरस्कार वितरण राजदूत गुरुङ र डा. महतोले गर्नुभएको थियो ।

कार्यक्रममा फ्री नेपाल डट कमका प्रधानसम्पादक डा. मधु माधुर्य र सम्पादक दिनेश बस्नेतलाई गैरआवासीय नेपाली संघ रुसले सम्मानपत्र प्रदान गरेको थियो । त्यस्तै एनआरएन रुस, अनेसास रुस र फ्री नेपाल डट कमका तर्फबाट फोटो पत्रकार किरण चित्रकारलाई सम्मानपत्र प्रदान गरिएको थियो ।

पाँच सय बढी नेपाली सहभागी रहेको उक्त कार्यक्रमको साहित्यिक खण्डको संचालन दिनेश बस्नेत र डा. मधु माधुर्यले गर्नुभएको थियो । फुटबल फ्यान क्लव विगत सात वर्षदेखि आयोजना गर्दै आएको सो पिकनिक सन् २००३ मा एनआरएन स्थापना भएयता एनआरएन दिवसका दिन आयोजना गरिदै आएको छ । यस वर्ष भने महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म सताब्दी र फ्री नेपाल डट कमको दसौं वार्षिकोत्सवका अवसरमा साताव्यापी साहित्यिक कार्यक्रमकै श्रृङ्खलामा सो पिकनिक आयोजना गरिएको हो ।
Send Comments
Name
Address
Email  
Comment
 
Comments ( 0 )
Other Headlines
मास्कोमा ‘रूस आप्रवासी संघ’ को दोस्रो फोरुम सम्पन्न
सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको निधनप्रति गहन शोक प्रकट
प्राच्य संस्कृति : प्रादेशिक विकासका विशेषताहरूः भारत, नेपाल, तिब्बत
रूसमा नेपालीहरुको वार्षिक बनभोज कार्यक्रम तथा खेलकूद प्रतियोगिता सम्पन्न
मस्कोको बनभोजमा नेपाली बालबालिकाहरुको गतिविधि
रुसको इस्त्रा तटमा गैरआवासीय नेपालीहरुको बृहत कार्यक्रम
Advertisements
 
 आगामी कार्यक्रमहरु
 
 प्रेस विज्ञप्ती
 
NRN LINKS
Non-Resident Nepali Association
NEWS LINKS
Kantipur
Gorkhapatra
The Himalayan Times
RussiaToday
NagarikNews
Dainikee
ENTERTAINMENT
Untitled Document
Copyright © 2008 Non Resident Nepali Associations, Russia