NON-RESIDENT NEPALI ASSOCIATION
RUSSIA
गैर-आवासीय नेपाली संघ
रसिया
 
   मुख्य पृष्ठ    एनआरएनए रसिया    कार्यकारी समिति    अभिलेखालय    प्रेस विज्ञप्ति    दस्तावेज    सदस्य सूची
 
NEWS SCROLLER » General assembly of NCC Russia » NRN Russia: » Non Resident Nepali Association (NRNA)
एनआरएन महासंघ
कार्यकारी समिति
सदस्य सूची
प्रेस विज्ञप्ती
सल्लाहकार समिति
आगामी कार्यक्रमहरु
लेखहरु
अन्तर्वार्ता
हाम्रो बारेमा
नेपालको बारेमा
नेपाल घुम्नुहोस्
समाचार अभिलेखालय
तस्वीर ग्यालरी
प्रतिक्रिया
सम्पर्क
FAQ
तस्वीर ग्यालरी
 
समाचार शीर्षक
 
मस्कोको बनभोजमा नेपाली बालबालिकाहरुको गतिविधि
डा. विन्दिता लामिछाने
 
विगत ७ वर्षदेखि मस्को महानगरीबाट १०० किलोमिटर पर इस्त्रा भन्ने नदीको हराभरा रमणीय तटमा १२ जूनका दिन मनाइने रूस दिवसको अवसर पारेर गैरआवासीय नेपाली संघ रुस राष्ट्रिय समन्वय परिषदको तत्वावधानमा आयोजित वनभोज कार्यक्रम रमाइलोसित मनाइयो ।

यस प्रकारको मनोरञ्जनात्मक कार्यक्रमले रूसमा रहेका नेपालीहरुलाई एकबद्ध हुन मद्दत पुर्‍याउँछ । विस्तृत रमणीय ठाउँ र अलिअलि झरीर्वषा भए तापनि ३० डिग्री सेल्सियससम्मको न्यानो तापक्रमको पृष्ठभूमिमा इस्त्रा तटको वातावरण मनोरम देखिन्थ्यो । परिवारसहित त्यहाँ भेला भएका सबै नेपालीहरु खानपानको कार्यक्रमका साथै रमाइलो वातावरणमा कुराकानी गर्दै रमाइलो मनाउन व्यस्त देखिन्थे । त्यसमाथि पनि फुटबल फ्यान क्लब -नेपाली खेलकूद समाज) को सक्रियतामा फुटबल, भलिबल आदि विभिन्न खेलकूद प्रतियोगिताको व्यवस्था थियो... विभिन्न रंगको गञ्जी लगाएका युवा र बालबालिकाहरु खेलकूदको तयारी गरी मैदानमा खेलमा सरीक भएका थिए ।

तीन वर्षभन्दा माथिका बलबालिकाहरुलाई खेलकूद र अन्य मनोरञ्जनात्मक कार्यक्रममा सरिक तुल्याई रमाइलोमा भुलाउने जिम्मा नेपाली नारी निकुञ्जको काँधमा थियो । सधैंजस्तै यस वर्ष पनि गैरआवासीय नेपाली संघ रूस राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष तथा नेपाली नारी निकुञ्जका सल्लाहकार सपिला राजभण्डारीकै संयोजकत्वमा त्यहाँ उपस्थित बालबालिकाहरुको सक्रिय सहभागितामा विभिन्न बाल-कार्यक्रमहरु भएका थिए ।

सबभन्दा पहिले ७ वर्ष माथिका १५ जना बालबालिकाहरूले फुटबल प्रतियोगितामा भाग लिए । यस खेलका लागि \'ए\' र \'बी\' गरी दुई टीम बनाइएको थियो । \'ए\' टीममा अनुकृत लामिछाने, आनुश्का लामिछाने, रञ्जन आचार्य, देनिस बनर्जी, हिमांशु भुर्तेल, एडिक, नीना मण्डल, मनिष वरुण सिंह समावेश थिए भने \'बी\' टीममा अनुराग लामिछाने, अमीर राजभण्डारी, देनिश उलक, माशा, रक्साना झा, दिलिप खरेल र फिलिप खरेल समाविष्ट थिए ।

रेफ्रीको भूमिका जुगल भुर्तेलले निर्वाह गर्नुभएको थियो भने धनेश झा र प्रविण गौचन लाइन्समेन बन्नुभएको थियो । पहिलो हाफ टाइममा कमाण्ड \'ए\' का हिमांशु एक गोल लगाउन सफल भएका थिए । दोस्रो हाफ टाइममा कमाण्ड \'बी\' का अमीरले २ गोल र फिलिपले १ गोल लगाए भने कमाण्ड \'ए\' का मनीष र डेनिसले २ गोल लगाउँदा खेल बराबरीमा समाप्त भयो ।

त्यसपछि पेनाल्टीको मौका दिइएकोमा समेत नतीजा बराबरी नै आयो । खेल हेर्दै मैदानको चारैतिर उभिएर फष्ट हाफदेखि नै ताली बजाउन पर्खिरहेका दर्शकहरु सेकेण्ड हाफमा ताली बजाएको बजायै थिए । सबै बालखेलाडीहरुलाई लहरै उभ्याएर विजेताको तक्मा पहिर्‍याइदिंदा मैदानभरि तुमुल कर्तलध्वनिको आवाज गुञ्जेको थियो... ।

वनभोजको अवसरमा बालबालिकाहरुका लागि खेलकूदका अतिरिक्त चित्रकला प्रतियोगितामा पनि सरीक गराइएको थियो । यसमा भाग लिने ३३ जना बालबालिकाहरुलाई उमेरको हिसाबले जुनियर -३-८ वर्ष) र सिनियर (८ वर्षमाथिका) गरी दुई समूहमा विभाजित गरिएको थियो । परीक्षकको भूमिका चाहिं चार पुस्ता पहिलेदेखि नेपालमा फोटोग्राफीमा संलग्न चित्रकार कुलका किरण चित्रकारले वहन गर्नुभएको थियो ।

उहाँ देवकोटा जन्मशताब्दी तथा फि्रनेपाल वेभसाइटको दशौं वार्षिकोत्सवको सन्दर्भमा मस्कोमा सम्पन्न भइरहेको सप्ताहव्यापी साहित्यिक कर्यक्रममा भाग लिन नेपालका वरिष्ठ साहित्यकारद्वय -समालोचक प्रो. डा. गोविन्दराज भटृराई तथा उपन्यासकार डा. ध्रुवचन्द्र गौतम) का साथै इन्टरनेट पत्रिका \'स्वतन्त्रनेपाल\' (फ्री नेपाल डट कम) का सम्पादक दिनेश बस्नेतसहितको प्रतिनिधिमण्डलका एक सदस्यको रुपमा मस्कोमा फोटोप्रदर्शनीको लागि आउनुभएको हो । उहाँले चित्रकला प्रतियोगितामा विजयी बनेका क्रमशः जुनियर समूहका निकिता पौडेलले बनाइको फूलहरुको चित्र -प्रथम) र सिनियर समूहका आनुष्का लामिछानेले बनाएको डाँफेचरीको चित्र -प्रथम) उत्कृष्ट भएको घोषित गर्नुभयो ।

बाल मनोरञ्जन कार्यक्रमका संयोजक सपिला राजभण्डारीले नारी निकुञ्जका अन्य सदस्यहरुको सहयोगमा बालबालिकाहरुलाई समय-समयमा खानेकुराहरु बाँड्नुका साथै रमाइलोका लागि उमेरअनुसार विभिन्न समूह बनाएर क्रमशः चम्चारेस, बलपास, सरप्राइज खेल आदिमा संलग्न गराउने व्यवस्था गर्नुभएको थियो । तीनजनाको एक समूह बनाएर प्रत्येक समूहले एकजनालाई कागजले बेर्दै मिलेर मुमी बनाउने खेल निकै रमाइलो थियो ।

बिहान साढे एघार बजेदेखि नै क्रमबद्ध रूपमा यी सबै कार्यक्रमहरु सम्पन्न गरिएका थिए । विभिन्न खेलहरुको क्रममा बालबालिकाहरुलाई चक्लेट र मिठाईं बाँडिएको थियो । अन्त्यमा एक समारोहबीच चित्रकला एवं खेलकूद प्रतियोगिता विजेता बालबालिकाहरुलाई नेपाली नारी निकुञ्जका मानार्थ अध्यक्ष श्रीमती डली गुरुङले पुरस्कार वितरण गर्नुभएको थियो ... ।

उपाध्यक्ष, नेपाली नारी निकुञ्ज, मास्को
Send Comments
Name
Address
Email  
Comment
 
Comments ( 0 )
Other Headlines
मास्कोमा ‘रूस आप्रवासी संघ’ को दोस्रो फोरुम सम्पन्न
सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको निधनप्रति गहन शोक प्रकट
प्राच्य संस्कृति : प्रादेशिक विकासका विशेषताहरूः भारत, नेपाल, तिब्बत
रूसमा नेपालीहरुको वार्षिक बनभोज कार्यक्रम तथा खेलकूद प्रतियोगिता सम्पन्न
मस्कोको बनभोजमा नेपाली बालबालिकाहरुको गतिविधि
रुसको इस्त्रा तटमा गैरआवासीय नेपालीहरुको बृहत कार्यक्रम
Advertisements
 
 आगामी कार्यक्रमहरु
 
 प्रेस विज्ञप्ती
 
NRN LINKS
Non-Resident Nepali Association
NEWS LINKS
Kantipur
Gorkhapatra
The Himalayan Times
RussiaToday
NagarikNews
Dainikee
ENTERTAINMENT
Untitled Document
Copyright © 2008 Non Resident Nepali Associations, Russia