NON-RESIDENT NEPALI ASSOCIATION
RUSSIA
गैर-आवासीय नेपाली संघ
रसिया
 
   मुख्य पृष्ठ    एनआरएनए रसिया    कार्यकारी समिति    अभिलेखालय    प्रेस विज्ञप्ति    दस्तावेज    सदस्य सूची
 
NEWS SCROLLER » General assembly of NCC Russia » NRN Russia: » Non Resident Nepali Association (NRNA)
एनआरएन महासंघ
कार्यकारी समिति
सदस्य सूची
प्रेस विज्ञप्ती
सल्लाहकार समिति
आगामी कार्यक्रमहरु
लेखहरु
अन्तर्वार्ता
हाम्रो बारेमा
नेपालको बारेमा
नेपाल घुम्नुहोस्
समाचार अभिलेखालय
तस्वीर ग्यालरी
प्रतिक्रिया
सम्पर्क
FAQ
तस्वीर ग्यालरी
 
समाचार शीर्षक
 
प्राच्य संस्कृति : प्रादेशिक विकासका विशेषताहरूः भारत, नेपाल, तिब्बत
कृष्णप्रकाश श्रेष्ठ
 

रसियाली विज्ञान प्रज्ञा-प्रतिष्ठानअन्तर्गत प्राच्यविद्या संस्थानको व्याख्यान कक्षमा गतः ८ जून २००९ -सोमवार) का दिन नेपालबाट मास्को आइरहनुभएका वरिष्ठ साहित्यकारद्वय प्रो. डा. गोविन्दराज भट्टराई तथा प्राज्ञ, डा. ध्रुवचन्द्र गौतमले रूसका प्राच्यविद्हरुसमक्ष क्रमशः नेपाली साहित्यमा उत्तरआधुनिकतावादको विकास तथा नेपाली साहित्यका आधुनिक प्रर्वत्तिहरु भन्ने विषयमा कार्यपत्र प्रस्तुति कार्यक्रमको आयोजना गरिएको थियो ।

त्यसमा मास्कोका अन्य अनुसंधान संस्थानहरुमा कार्यरत नेपालविद्हरुको पनि समुपस्थिति रहेको थियो । मास्को राजकीय कला अनुसंधान संस्थानमा कार्यरत विदुषी तात्याना मोरोजोभाले भर्खरै छापाखानाबाट निस्केको सुकोमल हरियो रङ्गको गाता भएको पुस्तक नेपालबाट आइरहनुभएका अतिथिद्वयका साथै प्राच्यविद्या संस्थानअन्तर्गत भारतवर्ष अनुसंधान केन्द्रकी प्रमुख तात्याना शाउम्यानलाई उपहारस्वरुप हस्तान्तरित गनुका साथै त्यसमा यस पंक्तिकारको पनि एउटा लेख समाविष्ट भएको हुँदा लेखकस्वको रुपमा मलाई पनि तीनप्रति सुम्पिदिइन् ।

मैले एकप्रति आफ्नो निम्ति राखेर रूसमा रहेका नेपालीहरुले पढून् भन्ने हेतुले एक प्रति गैरआवासीय नेपाली संघका लागि अन्तर्राष्ट्रिय समन्वय परिषदमा रूसका प्रतिनिधि श्री जीवा लामिछानेलाई तथा अर्को प्रति अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज रूस शाखाका अध्यक्ष डा. मधुकृष्ण श्रेष्ठ \'माधुर्य\' लाई तत्कालै हस्तान्तरण गरिदिएको थिएँ ।

आज म नेपाली पाठकहरुलाई हालै रूसी भाषामा प्रकाशित उक्त पुस्तकको छोटो परिचय दिन गइरहेको छु । मास्को राजकीय कला अनुसंधान संस्थानबाट प्रकाशमा ल्याइएको त्यस लेखसंग्रहले \'प्राच्य संस्कृति : प्रादेशिक विकासका विशेषताहरू (भारत, नेपाल, तिब्बत)\' भन्ने शीर्षक बोकेको छ । त्यसै संस्थानमा कार्यरत विदुषी ताच्याना मोरोजोभाको सम्पादन र संयोजकत्वमा प्रकाशित यस पुस्तकको कलेवर पनि निकै आकर्षक छ ।

रूसी अक्षरमा तीन तह पारेर सजाइएको उपरोक्त शीर्षकका अतिरिक्त गातामा मास्तिरको बायाँ भागमा श्रीवत्स र तल्तिर दायाँतिर ध्यानमग्न मुद्रामा बुद्धको आकृति अंकित छ । अनि भित्रपट्टी चाहिं तीन खण्डमा भारत, नेपाल र तिब्बतप्रति समर्पित कला र संस्कृतिसम्बन्धी विभिन्न विद्वानहरुबाट रचिएका ८ शीर्षकमा लेखहरु समाविष्ट गरिएका छन् ।

यस पुस्तकको भूमिका यस प्रकार आरम्भ गरिएको छ : \'प्रस्तुत संग्रहको शीर्षकमा नै यसभित्र समेटिएको विषयवस्तुको प्रतिबिम्ब परेको छ । यसले प्राच्यविदहरुको अनुसंधान कार्यको एक प्रमुख प्रवृत्तिको संकेत दिन्छ । यसै श्रृङ्खलाको पहिलो संग्रह \'नेपालको संस्कृति : परम्परा र आधुनिकता\' -संयोजक एवं सम्पादक त.ये, मोरोजोभा) भन्ने शीर्षकमा सन् २००१ मा प्रकाशमा ल्याइएको थियो । विश्वको एक प्राचीनतम देशको संस्कृतिबारे समष्टिगत ज्ञान प्रात्त गर्ने सम्भावना प्रदान गर्ने त्यस संग्रहप्रति विज्ञहरूको माझमा मात्र नभई इच्छुक पाठकहरूको माझमा समेत सकारात्मक प्रतिक्रिया जनाइएको थियो ।

यसका साथै नेपाली तथा भारतीय कलाका विभिन्न क्षेत्रहरुमा कैयौं प्राचीन परम्पराहरूको अन्तरसम्बन्ध तथा सामञ्जस्यता पहिल्याउनमा र अगाडि पनि यी संस्कृतिहरुबीच पारस्परिक स्थायी सम्बन्धको अनुबोध गर्नमा यसले निकै महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । यस अन्तरसम्बन्धले नेपालको विशिष्टतालाई ओझेलमा पारेको थिएन, बरु त्यसका मौलिक सांस्कृतिक मूल्यहरुको संरक्षण र विकासमा टेवा नै पुर्‍याएको पाइन्छ...\' -पृष्ठ ५) ।

हाल प्रकाशित प्राच्य संस्कृतिसम्बन्धी यो द्वितीय प्रकाशनमा एउटै भूखण्डमा अवस्थित उत्तरी भारत, नेपाल तथा तिब्बतको मौलिक संस्कृतिहरुको अन्योन्य सम्बन्धको तुलनात्मक अध्ययनका लागि मूल्यवान् सामग्री प्रदान गरेको छ भन्न सकिन्छ । सारांशमा यहाँ म कुन कुरा जनाउन चाहन्छु भने यस सामूहिक कृतिको पूरै आधा हिस्सा नेपालप्रति समर्पित दुइवटा लेखले ओगटेको छ । पुस्तककी सम्पादिका ताचान्या मोरोजोभाको कलमबाट निसृत पहिलो लेखको शीर्षक छ भारतीय संगीतकलासित अन्तरसम्बन्धको परिप्रेक्ष्यमा नेपालको पेशागत संंगीत -पृष्ठ १२९-१५९) अनि इतिहासको परिप्रेक्ष्यमा नेपाली किम्बदन्तीहरु र परम्परागत उत्सवपर्व -पृष्ठ १६१-२५२) भन्ने शीर्षकको दोस्रो लेख चाहिं यसै पंक्तिकारको हो ।

निसन्देह नै म यहाँ यी लेखहरुको विस्तृत विवेचना गर्न गइरहेको छैन । यो कार्य रूसी भाषाका ज्ञाता पाठकहरुकै जिम्मा लगाएर नेपाली पाठकहरूसमक्ष छोटकरीमा यी दुवै लेखहरुको सार मात्र प्रस्तुत गर्दछु ।
भारतीय रागको अनुसंधानकर्ता ताचान्या मोरोजोभाले नेपाली नाट्यकला र संगीतको पनि अध्ययन गरेर रूसमा केही गहकिला लेखहरु छपाइसकेकी छिन् । प्रस्तुत संग्रहमा परेको उनको कलमबाट निसृत लेखको शीर्षक छ भारतीय संगीतकलासित अन्तरसम्बन्धको परिप्रेक्ष्यमा नेपालको पेशागत संगीत -पृष्ठ १२९-१५९) उनले आफ्नो लेखमा ती ऐतिहासिक कोसेढूंगाहरुबारै प्रकाश पारेकी छिन् जसबाट भातीय संगीत परम्पराको सबल र प्रज्ज्वल परम्पराहरुको परिप्रेक्ष्यमा नेपालको पेशागत संगीत पनि विशेष रुपले चम्किलो बन्न पुगेको देखिन्छ । उनले पुस्तकको पुछारमा अलग्गै ४ पृष्ठमा नेपाली शास्त्रीय संगीतको उदाहरणका लागि \'दशावतार मंगलस्तुति\' को साथै मालश्री राग तथा दुर्गा रागको पनि संगीतलीपिहरु समेत प्रस्तुत गरेकी छिन् ।

अनि इतिहासको परिप्रेक्ष्यमा नेपाली किम्बदन्तीहरु र परम्परागत उत्सवपर्व -पृष्ठ १६१-२५२) शीर्षकमा प्रकाशित मेरो लेखको सन्दर्भमा यसै पुस्तकको पुछारमा पुस्तुत सारसंक्षेपबाट केही पंक्ति उधृत गर्न चाहन्छु । त्यसमा अंशतः भनिएको छ : \'यो लेख एकातिर एक निश्चित समयरेखा -नेपालको प्रादुर्भावदेखि वर्तमानसम्म) को परिधिभित्र पुराकथा र किम्बदन्तीको व्यापक सामग्रीमा आधारित वैज्ञानिक अनुसंधानात्मक चरित्रको छ भने अर्कोतिर यसमा देशका विभिन्न प्रदेशहरुमा विभिन्न समयमा अस्तित्वमा आएका कैयन् पुराकथा र किम्बदन्तीहरुको संक्षिप्त मजबून पनि उतारिएको छ । लेखकले तुलनात्मक विवेचना शैलीको प्रयोग गरेर धार्मिक विविधता तथा सामाजिक संरचनासित सम्बन्धित निश्चित किम्बदन्तीहरुको व्याख्या गर्दै परिवर्तन र रूपान्तरणको गतिशीलतालाई पनि छर्लङ्ग पारेका छन्\' -पृष्ठ २५५) ।

रूसमा पछिल्लो समयमा नेपालविषयक पाठ्य सामग्रीहरुको अभाव खटकिरहेको परिप्रेक्ष्यमा मास्को राजकीय कला अनुसंधान संस्थानबाट छिमेकमा पर्ने भारत र तिब्बतको साथै नेपालको संस्कृतिविषयक दुई कृतिसमेत समाविष्ट भएको लेखसंग्रह प्रकाशित हुनुको आफ्नै महत्व छ । उक्त संस्थानमा गतः १७ जून २००९ -बुधवार) का दिन प्रस्तुत पुस्तकको विमोचन हुँदा मैले पनि त्यहाँका विद्वानहरुको सभामा उपस्थित हुने मौका पाएको थिएँ । उक्त संस्थानको एशियाली एवं अफ्रीकेली देशहरुको कला अनुसंधान विभागकी प्रमुख येलेना आनाल्येभ्ना सेरद्युकले प्रकाशित पुस्तक देखाउँदै संस्थानका निर्देशकबाट गरिएको प्रशंसाका शब्दहरु दोहोर्‍याउँदै त्यसमा समाविष्ट लेखहरुको उच्च मूल्यांकन गर्नुका साथै मतिर संकेत गरी भविष्यमा प्रकाशित हुने यस्तै अन्य संग्रहहरुमा पनि नेपालको बहुविध संस्कृतिविषयक लेखहरु समाविष्ट गरिने विश्वास व्यक्त गर्दै मलाई भविक्ष्यमा कलम चाल्न प्रोत्साहित गरेकी थिइन् । मैले पनि दुई शब्द बोल्ने अनुमति मागेर नेपालविषयक लेखहरुलाई स्थान दिइएकोमा सम्पूर्ण नेपालीहरुका तर्फबाट हार्दिक कृतज्ञता जनाएको थिएँ ।

रूसी भाषाबाट नेपालीमा अनुवादको व्यवस्था नहुँदा मास्कोबाट प्रकाशित हुने नेपालविषयक कृतिहरुबाट नेपाली पाठकहरु अनभिज्ञ नै रहने गरेका छन् । यस्तो पारस्परिक अनुवादको परम्परा कायम हुन सकेमा हाम्रा दुवै देशका पाठकहरु लाभान्वित हुने थिए । अस्तु ।

Send Comments
Name
Address
Email  
Comment
 
Comments ( 0 )
Other Headlines
मास्कोमा ‘रूस आप्रवासी संघ’ को दोस्रो फोरुम सम्पन्न
सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको निधनप्रति गहन शोक प्रकट
प्राच्य संस्कृति : प्रादेशिक विकासका विशेषताहरूः भारत, नेपाल, तिब्बत
रूसमा नेपालीहरुको वार्षिक बनभोज कार्यक्रम तथा खेलकूद प्रतियोगिता सम्पन्न
मस्कोको बनभोजमा नेपाली बालबालिकाहरुको गतिविधि
रुसको इस्त्रा तटमा गैरआवासीय नेपालीहरुको बृहत कार्यक्रम
Advertisements
 
 आगामी कार्यक्रमहरु
 
 प्रेस विज्ञप्ती
 
NRN LINKS
Non-Resident Nepali Association
NEWS LINKS
Kantipur
Gorkhapatra
The Himalayan Times
RussiaToday
NagarikNews
Dainikee
ENTERTAINMENT
Untitled Document
Copyright © 2008 Non Resident Nepali Associations, Russia