|
रुसका लागि नेपाली राजदूतावासको तर्फबाट नेपालको ५९-यौं प्रजातन्त्र दिवसको उपलक्ष्यमा १८ फेब्रुअरी २००९ (बुधवार) का दिन आयाजना गरिएको समारोह नेपालको राष्ट्रिय गानद्वारा सुरु गरिएको थियो ।
रुसमा रहेका नेपालीहरुका साथै रुसी मित्रहरु पनि आमन्त्रित गरिएको यस औपचारिक कार्यक्रमको आरम्भमा नै सात सालको जनक्रान्तिको क्रममा आत्म बलिदान गर्ने वीर सहीदहरुको स्मृतिमा एक मिनट मौनधारणा गरिएको थियो । नेपाली राजदूतावासका उप-नियोग प्रमुख अच्युतभक्त पौडेलले प्रजातन्त्रको परिभाषा विभिन्न देशमा र विभिन्न समयमा फरक-फरक रहँदै आएको चर्चा गर्नुहुँदै नेपालमै समेत विभिन्न चरणमा प्रजातन्त्रको व्याख्या विभिन्न किसिमबाट हुँदै आएको र अहिले लोकतन्त्रसम्म आइपुगिएको स्मरण गराउनुका साथै ‘जनताको निमित्त, जनताद्वारा छानिएका प्रतिनिधिहरु मार्फत्, जनताको शासन’ भन्ने सुपरिचित अभिव्यक्तिअनुरुप नेपालमा प्रजातन्त्र दिगो होओस् भन्ने कामनासहित राजदूतावासको प्रांगणमा नेपालको ५९-यौं प्रजातन्त्र दिवस मनाउन भेला भएका नेपालीहरु र तिनका रसियाली मित्रहरुको हार्दिक स्वागत गर्नुभयो । |