NON-RESIDENT NEPALI ASSOCIATION
RUSSIA
गैर-आवासीय नेपाली संघ
रसिया
 
   मुख्य पृष्ठ    एनआरएनए रसिया    कार्यकारी समिति    अभिलेखालय    प्रेस विज्ञप्ति    दस्तावेज    सदस्य सूची
 
NEWS SCROLLER » General assembly of NCC Russia » NRN Russia: » Non Resident Nepali Association (NRNA)
एनआरएन महासंघ
कार्यकारी समिति
सदस्य सूची
प्रेस विज्ञप्ती
सल्लाहकार समिति
आगामी कार्यक्रमहरु
लेखहरु
अन्तर्वार्ता
हाम्रो बारेमा
नेपालको बारेमा
नेपाल घुम्नुहोस्
समाचार अभिलेखालय
तस्वीर ग्यालरी
प्रतिक्रिया
सम्पर्क
FAQ
तस्वीर ग्यालरी
 
मस्को क्रियाकलाप
 
गणतन्त्र दिवसको सन्दर्भमा समारोह
nrn rus
 
नेपालमा गणतन्त्रको घोषणा भएको पहिलो वाषिर्कोत्सवको उपलक्ष्यमा मास्कोस्थित नेपाली राजदूतावासमा २९ मई २००९ -शुक्रवार) का दिन एक समारोहको आयोजना गरिएको थियो । त्यसमा मास्कोमा कार्यरत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुका साथै प्रमुख अतिथिको रुपमा दुईपटक सोभियत संघवीरको उपाधिद्वारा विभूषित अन्तरिक्षयात्री भ्लादिमिर झानिबेकोभको समुपस्थिति रहेको थियो । नेपालको राष्टिङय गानको गुञ्जनका साथै आरम्भ भएको समारोहमा उपस्थित सबैले नेपालमा गणतन्त्र स्थापनाका लागि भएको संघर्षमा आत्मोत्सर्ग गर्ने ज्ञात तथा अज्ञात सहीदहरुको स्मृतिमा श्रद्धाञ्जली अर्पण गर्दै एक मिनट मौन घारणा गरेका थिए । नेपाली राजदूतावासका उपनियोग-प्रमुख अच्युतभक्त पौडेलले समारोहमा उपस्थित सबै महानुभावहरुप्रति हार्दिक कृतज्ञताका साथै शुभेच्छा पनि व्यक्त गर्नुभयो । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्मा रुसका प्रतिनिधि-सदस्य जीवा लामिछानेले सन् १९५१ मा नेपाली जनताको संघर्षबाट निरंकुश राणाशाहीको अन्त्य हुँदैदेखिको जनआकांक्षाअनुरुप अन्ततोगत्वा २४० वर्षसम्म अस्तित्वमा रहेको राजतन्त्र समाप्त भई देशमा गणतन्त्र स्थापना भएको एक वर्षभित्र देशसमक्ष जटिलता देखापरे तापनि नेपालको भविष्य उज्ज्वल रहेको आशावादी विश्वास व्यक्त गर्नुभयो । उहाँले देशको नयाँ संविधान लेखनको क्रममा विश्वका ५० जति देशहरुमा छरिएर रहेका नेपालीहरुको विभिन्न अन्तरक्रियाको परिणामस्वरुप तयार पारिएको सुझावपत्र केही दिनअधि मात्र गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का सल्लाहकार कुलचन्द्र गौतमले संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङलाई हस्तान्तरण गर्नुभएको सूचना दिंदै त्यसमा परेका गैरआवासीय नेपालीहरुका सुझावहरुले पनि नयाँ संविधानको लेखनमा निश्चित योगदान पुग्न जाने विश्वास प्रकट गर्नुभयो । गैरआवासीय नेपाली संघ रुस राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष मणिराज पोखरेलले लोकतान्त्रिक बाटोबाट अगाडि लम्केको खण्डमा देशको प्रगति सम्भव हुने कुरामा जोड दिनुभएको थियो भने नेपाली नारी निकुञ्जका अध्यक्ष डा. समता प्रसादले देशको सर्वांगीण विकासमा महिलाहरुको सक्रिय सहभागिताको आवश्यकतातिर औंल्याउँदै देशका सबै शहरहरुमा मात्र नभई गाउँ-गाउँमा समेत पानी, विजुली आदि भौतिक साधानका साथै शिक्षा र स्वास्थ्यसेवा जस्ता आधारभूत सुविधा पुर्‍याउन सकेको दिनमा मात्र वास्तवमा गणतन्त्र दिवस सार्थक हुनेछ भन्ने विचार व्यक्त गर्नुभयो । रुस-नेपाल मैत्री एवं सहयोग समाजका अध्यक्ष अलेक्सान्द्र सोलोभेभले शान्तिपूर्ण तरीकाले अहिले नेपालसमक्ष रहेका गंभीर समस्याहरुको समाधान गरिनेछ भन्ने विश्वास जनाउनुभयो । नेपाली राजदूत महामहिम श्री सूर्यकिरण गुरूङले सन् १९५१ देखि नै नेपाली जनताले राजतन्त्र कायमै राख्ने सदीक्षा जनाउँदै आएको भए तापनि राजाको महत्वाकांक्षी कदमहरुबाट जनताको मौलिक हकहरु कुण्ठित हुन जाँदा जनआन्दोलन-२ को १९ दिनको उभारको परिणामस्वरुप राजतन्त्र विस्थापित भई गणतन्त्र कायम भएको भर्खर ३६५ दिन मात्र बितेको स्मरण गराउनुभयो र एक वर्षअघि नेपाली जनता प्रजाबाट नागरिक बनेको हुनाले गणतन्त्र दिवसको विशेष महत्व रहेको छ भन्नुहुँदै कस्तुरी मृगले आफ्नै नाभिमा भएको कस्तुरीबिनाबाट आइरहेको सुगन्ध खोज्दै वनमा यत्रतत्र भौंतारिइरहेको बिम्बको माध्यमबाट देशको वर्तमान अवस्थामा आफूसंगै रहेको शक्तिलाई ठम्याउन नसकी देशका नेता र जनताहरु रुमल्लिइरहेको वातावरण सिर्जना भएको उल्लेख गरी देशका सबै शक्तिहरुको सहमतिबाट नयाँ संविधान निर्माण भई जनतालाई देशको सर्वतोमुखी विकासको सम्भावना प्रदान गर्ने गणतन्त्रले स्थायित्व पाउने छ भन्ने दृढ विश्वास व्यक्त गर्नुभयो । नेपाली राजदूतावासका सहचारी जीतबहादुर कार्कीले उद्घोषकको भूमिका निर्वाह गर्नुभएको थियो ।
Send Comments
Name
Address
Email  
Comment
 
Comments ( 0 )
Other Headlines
मास्कोमा नयाँ वर्ष २०६७ को सन्बर्भमा खेलकूद प्रतियोगिता.........
मास्कोमा लोकतन्त्र दिवसको उपलक्ष्यमा भव्य समारोह
एनआरएन रुसको छैठौं वार्षिक साधारणसभा
मास्कोमा नारी दिवस र होलीको सन्दर्भमा वृहत् च्यारिटी साँझ
जनमैत्री विश्वविद्यालयका पदाधिकारीहरूसंग भेटघाट
गणतन्त्र दिवसको सन्दर्भमा समारोह
मास्कोमा ५९-यौं प्रजातन्त्र दिवसको उपलक्ष्यमा एक समारोह
Advertisements
 
 आगामी कार्यक्रमहरु
 
 प्रेस विज्ञप्ती
 
NRN LINKS
Non-Resident Nepali Association
NEWS LINKS
Kantipur
Gorkhapatra
The Himalayan Times
RussiaToday
NagarikNews
Dainikee
ENTERTAINMENT
Untitled Document
Copyright © 2008 Non Resident Nepali Associations, Russia