NON-RESIDENT NEPALI ASSOCIATION
RUSSIA
गैर-आवासीय नेपाली संघ
रसिया
 
   मुख्य पृष्ठ    एनआरएनए रसिया    कार्यकारी समिति    अभिलेखालय    प्रेस विज्ञप्ति    दस्तावेज    सदस्य सूची
 
NEWS SCROLLER » General assembly of NCC Russia » NRN Russia: » Non Resident Nepali Association (NRNA)
एनआरएन महासंघ
कार्यकारी समिति
सदस्य सूची
प्रेस विज्ञप्ती
सल्लाहकार समिति
आगामी कार्यक्रमहरु
लेखहरु
अन्तर्वार्ता
हाम्रो बारेमा
नेपालको बारेमा
नेपाल घुम्नुहोस्
समाचार अभिलेखालय
तस्वीर ग्यालरी
प्रतिक्रिया
सम्पर्क
FAQ
तस्वीर ग्यालरी
 
मस्को क्रियाकलाप
 
एनआरएन रुसको छैठौं वार्षिक साधारणसभा
कृष्णप्रकाश श्रेष्ठ/मास्को
 
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्, रूसको छैठौं साधारण सभा सुसम्पन्न भएको छ । त्यसमा प्रमुख अतिथिको हैसियतले कार्यवाहक नेपाली राजदूत अच्युतभक्त पौडेलका साथै नेपाली राजदूतावास र गैरआवासीय नेपाली संघ ख्सको संयुक्त आयोजनामा मास्कोमा सम्पन्न हुन गइरहेको ‘परम्परागत नेपाली कला’ (पौभा एवं मूर्तिहरू) को प्रदर्शनीका लागि मास्कोमा आइरहनुभएकी कलाविदुषी रेणुका गुरुङ प्रधानको पनि उपस्थिति रहेको थियो राष्ट्रिय धूनको गुञ्जनका साथै संघका सचिव डा. मधुकृष्ण श्रेष्ठले साधारण सभा आरम्भ भएको उद्घोषणा गर्नासाथै सर्वप्रथम मास्कोको भूमिगत रेलका दुई स्टेशन र दागेस्तानको किजल्यारमा आतङ्कवादीहरूद्वारा केही दिनअधि मात्र गरिएको बमविष्फोटबाट दिवंगत हुनेहरूको स्मृतिमा मौनधारणा गरिएको थियो । उपाध्यक्ष सपिला राजभण्डारीको स्वागत-मन्तव्यपश्चात् अध्यक्ष मणिराज पोखरेलले अहिले रूसमा नेपालीहरूको संख्या १०० जना घटेको सूचना दिनुका साथै गैरआवासीय नेपाली संघ रूसको गतः दुई वर्षको कार्यावघि समाप्त भएको जानकारी दिंनुभयो र साधारण सभा नै संघको सर्वोच्च अङ्ग भएकाले प्रतिवेदनपत्रहरू सुनेर यस कार्यकालको क्रियाकलापबारे प्रश्न र आलोचना गरी भोलिका लागि मार्गनिर्देशन गर्न पनि आहृवान गर्नुभयो । उहाँले सुखको सन्दर्भमा महात्मा गान्धीको उक्तिको स्मरण गर्दै मन, वचन र कर्ममा सामञ्जस्यता कायम होस् भन्ने कामनासहित क्रिश्यिन धर्मावलम्बी रूसवासीहरूले यस साल ४ अप्रीलका दिन मनाउने इस्टर (रूसी भाषामा पास्खा, जसको अर्थ हुन्छ संक्रान्ति) पर्व र आगामी १४ अपि्रलमा मनाइने बिक्रमसम्बत्को नयाँ वर्ष २०६७ को उपलक्ष्यमा रूसी मित्रहरूका साथै नेपालीहरूलाई पनि हार्दिक शुभकामना व्यक्त गर्नुभयो । प्रमुख अतिथिको आसनबाट कार्यवाहक राजदूत श्री अच्युतभक्त पौडेलले निमन्त्रणाका लागि धन्यवाद ज्ञापन गर्दै भेटघाटको अवसर पाइएकोमा हर्ष प्रकट गर्नुभयो । उहाँले ‘गैरआवासीय नेपाली अभियानको उत्पत्तिको थलो नै रूस हो र यो नेपालीहरूको आत्माबाट निस्कोको संस्था हो’ भन्नुहुँदै ‘यहाँ नेपालीहरूको संख्या उति ठूलो छैन, तर गैरआवासीय अभियानको काममा सबभन्दा ठूलो देन रूसको नै छ’ भनी जोड दिनुभयो । कार्यवाहक नेपाली राजदूतज्यूले विश्वका ५५ देशमा क्रियाशील यस संस्थाको अध्यक्षता जापानमा भए पनि ‘उपाध्यक्षता यहाँ रूसमा छ र गैरआवासीय अभियानको नेतृत्व गर्दै नेपालको निमित्त योगदान पुर्‍याउने छ’ भन्ने विश्वास व्यक्त गर्दै यस संस्थाका संस्थापक अध्यक्ष र हाल संरक्षक डा. उपेन्द्र महतोले दिनुभएको योगदानको उच्च मूल्याङ्कन गर्नुका साथै अन्त्यमा ‘गैरआवासीय नेपाली संघलाई समृद्ध तुल्याउने काम तपाईहरूको हो’ भन्नुभयो । गैरआवासीय नेपाली विश्वसंघका उपाध्यक्ष जीवा लामिछानेले अन्तर्राष्ट्रिय र राष्ट्रिय सम्मेलनहरू र सभाहरूमा ‘रूसको सहभागिता उत्साहजनक’ रहिआएको उल्लेख गर्नुका साथै ‘लगानीको कुरामा होस् वा च्यारेटीको कुरा रूस पहिलो स्थानमा छ’ भन्नुभयो : ‘गैरआवासीय नेपाली संघको उदभवस्थल विश्वव्यापी नेतृत्व गर्न सफल भएको छ, तपाईंहरूको सहयोगबेगर यो सम्भव हुने थिएन’ । उहाँले संसारका ५६ देशमा रहेका ३५ लाख नेपालीहरूको सामूहिक लगानीको चर्चा सहित ‘हामी जे बोल्छौं त्यो गरेर देखाउने परम्परा भएको’ अभिव्यक्ति दिंदै अन्तर्राष्ट्रिय समन्वय परिषद्को क्रियाकलापमा रहेका कमजोरीबारे जानकारी दिने अनुरोधका साथै यस संस्थाका संरक्षक डा. उपेन्द्र महतोले साधारणा सभाको नाममा शुभेच्छा सन्देश पठाउनुभएको समेत जानकारी दिनुभयो । धेरै वर्षदेखि नेपालसंग सम्त्रन्धित रही नेपालमा सात-आठ वर्ष काम गरेर नेपाली भाषा समेत सिक्नुभएका नेपालका मित्र, रूस-नेपाल मैत्री तथा सहयोग समाजका उपाध्यक्ष भिक्टर सिब्याकोभले ‘हाम्रा दुवै सामाजिक संस्थाको स्थापनामा ४ दशकको अन्तर रहे तापनि हामीले मिलेर काम गर्दै आएका छौं र हाम्रो क्रियाकलापबाट रसियालीहरूले नेपालबारै धैरै कुरा थाहापाउने गरेका छन्’ भन्दै एक-अर्कालाई भेटेर बुझेर धेरै कुरा थाहा पाइने र यस्तो परिचय उपयोगी हुने मन्तव्य राख्नुका साथै नेपालीहरूलाई सफलताको कामनासहित निम्तोका लागि कृतज्ञता व्यक्त गर्नुभयो । गैरआवासीय नेपाली संघ रूसको आजीवन सदस्यको रूपमा यस पंक्तिकारलाई पनि साधारण सभामा आफ्नो मन्तव्य राख्ने सम्मान प्राप्त भएको थियो । आफू रूसमा बिताएको पूरा आधा शताब्दी र थप ७५ दिनको अनुभवबाट संस्मरणका केही झिल्को प्रकाश पार्दै त्यतिखेर रूसमा आफूसहित जम्मा ३३ जना मात्र नेपालीहरूले अध्ययन गरिरहेको तर आज भने रूसबाट विभिन्न विषयमा विशेषज्ञ बनेका ५ हजारभन्दा बढी नेपालीहरू स्वदेशमा कार्यरत रहेको, आफू यहाँ आइपुग्दा साधारणसभा सम्पन्न भइरहेको स्थलमा जनमैत्री विश्वविद्यालय र मास्कोमा नेपाली राजदूतावास पनि नभएको तर आज रूसमा रहेका नेपालीहरूले गैरआवासीय अभियानमा अग्रगण्य भूमिका निर्वाह गरिरहेको, सर्वप्रथम रूसको यात्रा गर्ने नेपालका मूर्धन्य साहित्यकार बालकृष्ण सम, सिद्धिचरण श्रेष्ठ, केदारमान व्यथित, लक्ष्मीप्रसाद देवकोटाको समेत प्रभावबाट यस देशमा नेपालका विभिन्न क्षेत्रहरूको अध्ययन सुरु भई हाल नेपालबारे १५० भन्दा बढी कृतिहरू प्रकाशमा आइसकेको र आफू पनि ती पुस्तकका लेखकहरूसंग व्यक्तिगत सम्पर्कमा रहनुका साथै गतः आधा शताब्दीको समयावधिमा नेपाल-रूस सम्बन्ध विकासको प्रत्यक्षदशर्र्रिहआएको आदि विषयमा संक्षेपमा चर्चा गर्दै धेरै वर्षदेखि आफूसंग अक्सर मागिने रूसी-नेपाली शब्दकोषको प्रकाशन र मास्कोमा रूस नेपालविद्या मन्दिरको स्थापनाको सपना देखिरहेको चर्चा गर्दै अन्त्यमा ‘फुलोस्-झ्याङ्गियोस् वारि-पारि, सबै जातिको यो फूलबारी, लम्कौं दरिलो पयर उचाली, नेपालीका लागि, नेपाली !’ भन्दै एउटा सानो कविता पनि प्रस्तुत गर्न भ्याएको थिएँ । विश्वमा तापक्रमको बृद्धिको कारणद्वारा हिमालयको हिउँ पग्लने प्रक्रियाले ल्याउन सक्ने समस्याबारे वृत्तचित्रको प्रदर्शनपश्चात् कार्यकारिणी समितिका पदाधिकारी र सदस्यहरूबाट मन्त्रमा आ-आपmनो स्थान ग्रहण गरियो र साधारण सभाको मूल विषयवस्तुमा प्रवेश गरियो । कोषाध्यक्ष रङ्गनाथ पौडेलबाट आय-व्यय विवरण प्रस्तुत गरिएपछि सचिव डा. मधुकृष्ण श्रेष्ठले गतः २ वर्षको क्रियाकलापबारे पर्दामा विवरण र खाकाहरूको प्रदर्शन सहित प्रतिवेदन पेश गर्नुभयो । अध्यक्ष मणिराज पोखरेलले आपत्कालीन कोष र जीवनबीमा (इन्सुरेन्स) को स्थितिबारे प्रकाश पार्नुभयो भने उपाध्यक्ष सपिला राजभण्डारीले दुई वर्षभित्र नेपालमा सम्पन्न गरिएका मेलम्चीमा हाल ५५० जना छात्रछात्राहरूले पढाइ चालु राखेको, समता स्कूल भवन निर्माण, विभिन्न क्षेत्रमा रहेका स्कूलहरूका लागि कम्प्युटर प्रदान आदि विभिन्न लोककल्याणकारी (च्यारेटी) क्रियाकलापबारे प्रकाश पार्दै काठमाडौंमा ३७० जना बहिरा केटाकेटीहरू पढ्ने स्कूलका लागि खानेपानीको समस्या समाधान गर्ने, हुम्लाजस्तो दुर्गम क्षेत्रमा विद्यालयका लागि आवश्यक केही भवन निर्माण गर्ने, चितवनमा पुस्तकालयको लागि नेपाल लाइब्रेरी फण्डलाई आर्थिक सहयोग गर्ने जस्ता कार्य सम्पन्न गर्न आगामी कार्यकालका लागि २० हजार अमेरिकी डलरको बजेट चाहिने प्रस्ताव राख्नुभयो । अन्तर्राष्ट्रिय समन्वय परिषद रूसका प्रतिनिधि डा. बद्री के.सी.ले रूसमा नेपालीहरूको व्यापारिक लगानीको चर्चा गर्दै मास्कोबाट १८० किलोमिटर टाढा कालुगा जिल्लामा पर्ने ‘नृवंशविश्व’ (एत्नो-भिलेज’ अन्तर्गत निर्माणाधीन ‘नेपालमण्डप’ (नेपाली घर) परियोजनाको चित्र समेत पर्दामा प्रदर्शन गर्दै काठमाडौंमा स्थापना गरिएको तेन्जिङ नोर्गे शेर्पा, एडमुण्ड हिलारी र बोरिस लिस्सानेभिचको सालिकको प्रतिमूर्ति आगामी मे महिनातिर त्यहाँ पनि स्थापना गर्ने योजना रहेको जानकारी दिनुभयो भने डा. गणेशप्रसाद पोखरेलले भ्लादिमिर नगरको नजिकै नेपालीहरूको संयुक्त लगानीमा सन् २००८ को सेप्टेम्बरदेखि पीच सडक र बिजुलीको समेत सुविधासम्पन्न पुराना २६ वटा भवन, होटल, कार्यशाला आदि मर्मत गरी संचालित गरिएको २९९८ हेक्टर जग्गामा फैलिएको ‘गोलोभिनो’ कृषिशाला अन्तर्गत खेत, गाईहरूको चरन, गाईगोठ, तलाउ आदिको झलक पर्दामा देखाउँदै ४५-५० जना कार्यकर्ताहरू क्रियाशील रहेको कृषिशालाअन्तर्गत अहिले त्यहाँ गोपालन (२०० दुहुना गाई), बंगुरपालन (५४ हजार) का अतिरिक्त आलोपालो गरी आलुखेती (४० हेक्टरबाट सुरु गरी यस साल ४०० हेक्टरमा), गहुँ-जौं खेती (४०० हेक्टर) आदि आवाद गरिएको छ भने ३ देखि ९ मिटरसम्म गपहराइ भएको विशाल तलाउमा भविष्यमा मत्स्यपालनको समेत योजना रहेको जानकारी दिंदै रूस सरकारले कृषिविकासका लागि चयन गरेको १० वटा राष्ट्रिय परियोजनामा परेकोले २ वर्षका लागि निव्र्याजी ऋण पनि उपलब्ध गराउने सम्भावना भएको सूचना दिनुभयो । खुला छलफल र केही टीकाटिप्पणीपश्चात् साधरण सभाले सर्वसम्मतिबाट प्रतिवेदनहरू अनुमोदन गर्नुका साथै भावी क्रियाकलापसम्बन्धी प्रस्तावहरू पनि पारित गरी सफलतापूर्वक आफूले लिएको जिम्मेवारी पूरा गर्ने कार्यसमितिलाई धन्यवाद ज्ञापन गरेको छ तत्पश्चात् केन्दीय सदस्यद्वय सपिला राजभण्डारी र डा. बद्री के.सी. सहित केन्दीय उपाध्यक्ष जीवा लामिछाने प्रमुख निर्वाचन अधिकृत रहनुभएको निर्वाचन समितिबाट निर्वाचन-प्रक्रिया सम्पन्न गरिए पछि निर्विरोध निर्वाचित नयाँ कार्यकारिणी समितिका पदाधिकारी -अध्यक्ष मणिराज पोखरेल, उपाध्यक्षद्वय गोविन्दप्रसाद गौतम तथा विमला भण्डारी बस्याल, महासचिव डा. मधुकृष्ण श्रेष्ठ ‘माधुर्य’, सचिव दामोदर (रामेश्वर) बस्याल, कोषाध्यक्ष रङ्गनाथ पौडेल, तथा सदस्यहरू -गणेशकुमार रामदाम, छविलाल कुँवर, रामप्रसाद पन्थी, डिल्ली खरेल, वसन्तकुमार सिंह, रेशम तिवारी) को नाम घोषित गरी मञ्चमा बोलाएर शपथ ग्रहण गराइएको थियो । साधारण सभाको विसर्जनपश्चात् नयाँ कार्यसमितिलाई शुभकामना व्यक्त गर्ने, यस क्षणको सम्झनाको लागि फोटो खिचाउने, बधाई ज्ञापन गर्ने हर्षोल्लासको वातावरणमै देवी क्याफेमा आयोजित वसन्तकालीन सन्ध्याभोज पनि सम्पन्न भएको थियो ।
Send Comments
Name
Address
Email  
Comment
 
Comments ( 0 )
Other Headlines
मास्कोमा नयाँ वर्ष २०६७ को सन्बर्भमा खेलकूद प्रतियोगिता.........
मास्कोमा लोकतन्त्र दिवसको उपलक्ष्यमा भव्य समारोह
एनआरएन रुसको छैठौं वार्षिक साधारणसभा
मास्कोमा नारी दिवस र होलीको सन्दर्भमा वृहत् च्यारिटी साँझ
जनमैत्री विश्वविद्यालयका पदाधिकारीहरूसंग भेटघाट
गणतन्त्र दिवसको सन्दर्भमा समारोह
मास्कोमा ५९-यौं प्रजातन्त्र दिवसको उपलक्ष्यमा एक समारोह
Advertisements
 
 आगामी कार्यक्रमहरु
 
 प्रेस विज्ञप्ती
 
NRN LINKS
Non-Resident Nepali Association
NEWS LINKS
Kantipur
Gorkhapatra
The Himalayan Times
RussiaToday
NagarikNews
Dainikee
ENTERTAINMENT
Untitled Document
Copyright © 2008 Non Resident Nepali Associations, Russia