NON-RESIDENT NEPALI ASSOCIATION
RUSSIA
गैर-आवासीय नेपाली संघ
रसिया
 
   मुख्य पृष्ठ    एनआरएनए रसिया    कार्यकारी समिति    अभिलेखालय    प्रेस विज्ञप्ति    दस्तावेज    सदस्य सूची
 
NEWS SCROLLER » General assembly of NCC Russia » NRN Russia: » Non Resident Nepali Association (NRNA)
एनआरएन महासंघ
कार्यकारी समिति
सदस्य सूची
प्रेस विज्ञप्ती
सल्लाहकार समिति
आगामी कार्यक्रमहरु
लेखहरु
अन्तर्वार्ता
हाम्रो बारेमा
नेपालको बारेमा
नेपाल घुम्नुहोस्
समाचार अभिलेखालय
तस्वीर ग्यालरी
प्रतिक्रिया
सम्पर्क
FAQ
तस्वीर ग्यालरी
 
मस्को क्रियाकलाप
 
मास्कोमा लोकतन्त्र दिवसको उपलक्ष्यमा भव्य समारोह
कृष्णप्रकाश श्रेष्ठ/मास्को
 
रूसको राजधानीस्थित नेपाली राजदूतावासमा जनआन्दोलन-२ परिणामस्वरूप ४ वर्षअघि घोषित ओकतन्त्र दिवसको उपलक्ष्यमा एक समारोह सुसम्पन्न भयो । त्यसमा रूसमा कार्यरत र अध्ययनरत नेपालीहरूका विभिन्न सामाजिक संस्थाहरूका प्रतिनिधिहरूका साथै नेपालका लागि रूसका पूर्वराजदूत भालेरी नाजारोभ पनि श्रीमतीसहित उपस्थित हुनुहुन्थ्यो । नेपाली राजदूतावासका उपनियोग प्रखुख श्री अच्युतभक्त पौडेलले समारोहमा उपस्थित सबै महानुभावहरूको हार्दिक स्वागत गर्नु भयो र लोकतन्त्र दिवसको महत्वबारे प्रकाश पार्दै प्रजातन्त्र र लोकतन्त्रको सर्वमान्य परिभाषाको उल्लेख गर्नुका साथै अब नेपाली जनताले चाहेअनुसारको संविधान बन्ने सदाशय व्यक्त गर्नुहुँदै समारोहको औपचारिक खण्डको शुभारम्भको घोषणा गर्नुभयो । नेपाली छात्रसंघ -जनमैत्री विश्वविद्यालय) का अध्यक्ष डा. सचिन शाक्यले चार वर्षयता हरेक वर्ष वैशाख ११ गते लोकतन्त्र दिवस मनाउँदै आएका छौं तर देशले पाउनुभन्दा गुमाउनु बढी भएकोले खासै विकास गर्न नसकी नाजूक अवस्थामा पुगेको चर्चा गर्दै नयाँ बन्ने संविधान सबैको लागि उदाहरण बनोस भन्ने शुभेच्छा व्यक्त गर्नुभयो । नेपाली नारी निकुञ्जकी अध्यक्ष डा. समता प्रसादले नेपालीका लागि नेपाली नै लोकतन्त्रको अर्थ हुनुपर्ने कुरामा जोड दिनुहुँदै जुन दिन आम जनताको सुरक्षा, शिक्षा, सुस्वास्थ्य, न्यायको अनुभूति गाउँघरसम्म पुग्नेछ त्यसै दिन वास्तविक लोकतन्त्र कायम हुनेछ भन्ने अभिव्यक्ति दिनुहुँदै नेपालको सुखशन्तिका लागि नारीहरूले पनि अगाडि आउनु आवश्यक भएको तर्फ औंल्याउनुभयो । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष श्री जीवा लामिछानेले ‘नेपालमा लोकतन्त्रको स्थापना भएको हिजो जस्तो लाग्छ तर चार वर्ष पुगिसकेको छ’ भन्नुहुँदै ‘नेपालमा केही पनि भएको छैन भन्ने सुन्छौं तर लोकतन्त्रको जनादेशमध्ये केही उपलब्धि हासिल भएको छ…जनताको चाहनाअनुसार देशमा गणतन्त्र स्थापना भयो र संविधान सभाको निर्वाचन भयो…’ भनी जोड दिनुभयो । नेपाली जनताको आन्दोलनमा गैरआवासीय नेपाली संघको नैतिक समर्थन रहिआएको कुरा जनाउनुहुँदै श्री जीवा लामिछानेले अझै पनि समय बाँकी रहेकोतर्फ औंल्याउनुभयो र नेपालका नेताहरूमा विवाद भए पनि अन्त्यमा सहमति कायम भई निष्कर्षमा पुगेर संविधान लेखन पनि पूरा हुनेछ भन्ने आशा व्यक्त गनुभयो । गैरआवासीय नेपाली संघ रूसका अध्यक्ष श्री मणिराज पोखरेलले हालै राजदूतावासमा आयोजित परम्परागत नेपाली कला प्रदर्शनीमा राखिएको पौभाहरूमध्ये ‘श्रीयन्त्र’ को चर्चा गर्दै लोकतन्त्रको मूलमन्त्र भनेको आफू नै राम्रो बन्नु हो भन्ने आशय प्रकट गर्नुहुँदै ‘आफूलाई परिवर्तन नगरी राम्रो नेता पनि छान्न सकिन्न’ भनी जोड दिनुभयो । उहाँले महासुख र महादुःखको क्षणमा मृत्युवरण गर्ने पौराणिक पात्र दुर्योधनको गति नहोस् भन्ने आशय व्यक्त गर्नुका साथै ‘सात सालमा प्राप्त गरिएको प्रजातन्त्ररूपी हीरा १७ सालमा गुमाइएको र चार वर्षअघि फेरि प्राप्त गरिएको चर्चा गर्नुहुँदै ‘अब लोकतन्त्र प्राप्तिका लागि फेरि सडकमा उत्रनु नपरोस्’ भन्ने सदीक्षा व्यक्त गर्नुभयो । महामहिम नेपाली राजदूत श्री सूर्यकिरण गुरुङले लोकतन्त्र दिवसको उपलक्ष्यमा शुभकामना व्यक्त गर्नुहुँदै लोकतन्त्रको भविष्यबारे चिन्ता प्रकट गर्नुहुँदै अहिले देशको नयाँ संविधान बन्छ कि बन्दैन भन्ने विषय नै सर्वोपरि महत्वको कुरा भएको उल्लेख गर्नुभयो । महामहिमज्यूले २०६६ सालको वर्षव्यक्ति घोषित गरिनुभएका गैरआवासीय नेपाली विश्वसंघका संरक्षक तथा निवर्तमान अध्यक्ष डा. उपेन्द्र महतोलाई हार्दिक बधाई ज्ञापन गर्नुहुँदै उहाँको जन्मोत्सवको उपलक्ष्यमा समेत शुभकामना व्यक्त गर्नुका साथै उहाँले लोककल्याणकारी कार्यका साथै सामाजिक तथा आर्थिक क्षेत्रमा पुर्‍याउनुभएको योगदानको चर्चासहित अभिनन्दनपत्र पढेर सुनाउनुभयो र महतो-दम्पति -डा. उपेन्द्र महतो एवं डा. समता प्रसाद) लाई खादा ओढाएर सम्मान गर्नुहुदै अभिनन्दनपत्र र सुखशान्ति, आरोग्यता एवं समृद्धिकी प्रतीक श्वेतताराअङ्कति थान्का पनि उपहार प्रदान गनुभयो । गैरआवासीय नेपाली विश्वसंघका संरक्षक तथा रूस सीआईएस नेपाल उद्योगवाणिज्य संघका अध्यक्ष डा. उपेन्द्र महतोले न्याना शब्दहरूसहित अभिनन्दनपत्रका लागि महामहिम राजदूतज्यूप्रति कृतज्ञता ज्ञापन गर्नुहुँदै मास्कोस्थित नेपालीहरूलाई सम्बोधन गर्दै भन्नुभयो ः ‘जेजति गरिरहेको छु, तपाईंहरूको सदभाव नभए गर्न सकिने थिएन होला । तपाईंहरूको सहयोगका लागि, खास गरी रूसमा बसेका साथीहरूप्रति आभार प्रकट गर्दछु’ । भव्यताका साथ नेपाल र विदेशमा पनि मनाइने लोकतन्त्रदिवसको सन्दर्भमा उहाँलेे ‘लोकतन्त्रको पूर्वाधार मानिसको सुरक्षा हो, मानिसको जीवन हो’ भनी जोड दिनुका साथै अंशतः के पनि भन्नुभयो भने ‘मानिसले जीवनमा अरुलाई एउटै त्यो कुरा गनुपर्छ जो ऊ आफूलाई पनि चाहन्छ…’। आज सहिदको नामले अगाडि बढिरहेका ‘हाम्रा नेताहरूले के बुभmनुपरेको छ भने उहाँहरूले जुन आफूलाई चाहनुहुन्छ त्यो अरुलाई गर्नुहोस् Û’ भन्नुहुँदै डा. उपेन्द्र महतोले रूसमा जुन कुरा सिक्ने मौका पाएका छौं त्यो र सन् १९९० पछाडिको बदलिरहेको रूस देखेकोबाट प्रेरणा लिई ‘जुन रूपमा सक्नु हुन्छ, लेखेर, बोलेर, गरेर नेपाल समृद्ध बनाउन सक्रिय बनौं’ भन्ने आग्रह गर्नुभयो र अन्त्यमा ‘अभिनन्दनले समृद्ध नेपाल बनाउने अभियानमा अगाडि बढ्ने प्रेरणा दिएको’ चर्चा गर्दै धन्यवाद ज्ञापन गर्नुभयो । नेपालका लागि रूसका पूर्व राजदूतले ‘प्रजातन्त्र दिवस दोस्रो स्थानमा छ भने त्यसको महत्व पहिलो स्थानमा छ’ भन्ने अभिव्यक्ति दिंदै प्रजातन्त्रका जतिसुकै अवगुण भए तापनि त्योभन्दा राम्रो शासनव्यवस्था कसैले आविष्कार गर्न नसक्ने सन्दर्भमा चर्चिलको बहुचर्चित उक्तिको उद्धरण दिनुभयो र ‘यो चक्लेट वा आरामकुर्सी होयन, बरु कडा परिश्रमको द्योतक हो’ भन्ने धारणा व्यक्त गर्नुभयो । ‘राष्ट्रिय एकताको प्रतिनिधित्व गर्ने नयाँ संविधान पारित गरेर नेपालले विश्व राष्ट्र समुदायमा प्राप्त गर्नेछ’ भन्ने सदाशयसहित अहिले नेपाल यात्रामा रहेको रूस-नेपाल मैत्री तथा सहयोग समाजका नेतृत्वदायी कार्यकर्ताहरूको तर्फबाट समेत लोकतन्त्र दिवसको सन्दर्भमा शुभकामना व्यक्त गर्नुका साथै डा. उपेन्द्र महतोलाई जन्मोत्सवका साथै ‘वर्षको व्यक्ति’ भन्ने उपाधि प्रदान गरिएकोमा हर्ष प्रकट गर्दै ‘अन्तर्राष्ट्रिय बिजनेस पर्वतारोहणमा उत्तरोत्तर उन्नति हुँदै जाओस्’ भन्ने शुभेच्छा व्यक्त गर्नुभयो । यस प्रकार लोकतन्त्र दिवसको सन्दर्भमा आयोजित समारोहको औपचारिक खण्डको समाप्ति पश्चात् त्यहाँ उपस्थित सबै नै राजदूतावास परिवारको तर्फबाट आयोजना गरिएको सन्ध्याभोजमा सामेल भएका थिए । अन्त्यमा केकमाथि बालिएको बत्ती डा. उपेन्द्र महतोलाई एकैसासमा निभाउन लगाएर उहाँको जन्मोत्सवको उपलक्ष्यमा प्रसिद्ध गीतका गेडाहरू भट्याउँदै केकका टुक्राहरू बाँडेर रमाइलो वातावरणको सिर्जना गरिएको थियो ।
Send Comments
Name
Address
Email  
Comment
 
Comments ( 0 )
Other Headlines
मास्कोमा नयाँ वर्ष २०६७ को सन्बर्भमा खेलकूद प्रतियोगिता.........
मास्कोमा लोकतन्त्र दिवसको उपलक्ष्यमा भव्य समारोह
एनआरएन रुसको छैठौं वार्षिक साधारणसभा
मास्कोमा नारी दिवस र होलीको सन्दर्भमा वृहत् च्यारिटी साँझ
जनमैत्री विश्वविद्यालयका पदाधिकारीहरूसंग भेटघाट
गणतन्त्र दिवसको सन्दर्भमा समारोह
मास्कोमा ५९-यौं प्रजातन्त्र दिवसको उपलक्ष्यमा एक समारोह
Advertisements
 
 आगामी कार्यक्रमहरु
 
 प्रेस विज्ञप्ती
 
NRN LINKS
Non-Resident Nepali Association
NEWS LINKS
Kantipur
Gorkhapatra
The Himalayan Times
RussiaToday
NagarikNews
Dainikee
ENTERTAINMENT
Untitled Document
Copyright © 2008 Non Resident Nepali Associations, Russia