NON-RESIDENT NEPALI ASSOCIATION
RUSSIA
गैर-आवासीय नेपाली संघ
रसिया
 
   मुख्य पृष्ठ    एनआरएनए रसिया    कार्यकारी समिति    अभिलेखालय    प्रेस विज्ञप्ति    दस्तावेज    सदस्य सूची
 
NEWS SCROLLER » General assembly of NCC Russia » NRN Russia: » Non Resident Nepali Association (NRNA)
एनआरएन महासंघ
कार्यकारी समिति
सदस्य सूची
प्रेस विज्ञप्ती
सल्लाहकार समिति
आगामी कार्यक्रमहरु
लेखहरु
अन्तर्वार्ता
हाम्रो बारेमा
नेपालको बारेमा
नेपाल घुम्नुहोस्
समाचार अभिलेखालय
तस्वीर ग्यालरी
प्रतिक्रिया
सम्पर्क
FAQ
तस्वीर ग्यालरी
 
मस्को क्रियाकलाप
 
मास्कोमा नयाँ वर्ष २०६७ को सन्बर्भमा खेलकूद प्रतियोगिता.........
कृष्णप्रकाश श्रेष्ठ/मस्को
 
रूस आप्रवासी संघको तत्वावधानमा विक्रम सम्वत २०६७ को शुभागमनका साथै संसारप्रसिद्ध रसियाली जनमैत्री विश्वविद्यालयको क्रीडास्थलमा व्यापक खेलकूद प्रतियोगिताको आयोजना गरिएको थियो । मास्कोमा अध्ययन तथा अन्य व्यवसायमा संलग्न नेपालका मात्र नभई वसन्तागमनका साथै नयाँ वर्षको उत्सव मनाउने भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, नेपालका साथै भियतनाम, लाओस, कम्बोडिया तथा मंगोलिया आदि एशियाका विभिन्न मुलुकका नागरिकहरूको त्यसमा सहभागिता सहभागिता रहेको थियो । स्मरण रहोस्, केही वर्षअघि मात्र मास्कोमा स्थापित रूस आप्रवासी संघमा रूसमा बसोवास गरिरहेका विभिन्न देशका नागरिकहरू आबद्ध छन् र नेपालीहरूको प्रतिनिधित्व गर्ने एकजना डा। भीष्म आचार्य यस संस्थाको उपाध्यक्ष पबमा निर्वाचित हुनुभएको छ । नयां वर्षको पुर्ववेलामा बसेको गैरआवासीय नेपाली संघ रूसको कार्यकारिणी समितिको विस्तारित बैठकले रूस सीआईएस नेपाल उद्योग-वाणिज्य संघलाई नयाँ वर्षको उत्सव मनाउने कार्यभार सुम्पँदै रूस आप्रवासी संघको तत्वावधानमा संयुक्त रूपमा मनाइने भएको नववर्ष कार्यक्रमको निम्ति सहयोगका लागि रविन्द्र भट्टराई ९रूस सीआईएस नेपाल उद्योग-वाणिज्य संघका महासचिव० को संयोहकत्वमा इन्द्रकुमार श्रेष्ठ, रामप्रसाद पन्थी, सचिन शाक्य ९नेपाली छात्रसंघका अध्यक्ष०, खेमराज लामिछाने ९नेपाल खेलकूद तथा संस्कृति समाजका अध्यक्ष० समाविष्ट एक समिति गठन गरी आवश्यक सहयोगका लागि विमला भण्डारी बस्याल, डा। रेशम तिवारी, दामोदर बस्यान, किरण रानाभाट, पं। ऋषिप्रसाद रिजाल, छविलाल कुँवर समेतलाई स्वयंसेवकको जिम्मेवारी सुम्पेको थियो । पूर्वनिर्धारित कार्यक्रमअनुसार १८ अप्रिल २०१० ९आइतवार० का दिन विभिन्न एशियाली देशका खेलाडीहरू र गैरआवासीय नेपाली संघ रूसका अध्यक्ष मणिराज पोखरेलका साथै नेपाली खेलप्रेमीहरू पनि रसियाली जगमैत्री विश्वविद्यालयको क्रीडास्थलमा भेला भए । नेपालीहरूको फुटबल टीममा मिराज मल्ल, सुकृत शाक्य, त्रियुगबिक्रम मल्ल ठकुरी, अम्बर तामाङ, रोम बस्न्यात, सन्तोष गुरुङ, किरण रानाभाट, गोविन्द पाण्डे, गणेश थापा, ओम छन्त्याल, इन्द्रकुमार श्रेष्ठ, कृष्ण भट्टराई समावेश थिए भने बैडमिन्टन टीममा डा। रेशम तिवारी, ओम छन्त्याल, सन्तोष गुरुङ, मदन महर्जन र प्रवल प्रधान रहेका थिए । खेलकूद प्रतियोगितामा उपरोक्त दुवै टीमको सहभागिता सामान्य प्रतिस्पर्धात्मक रहेको थियो भने कृष्णप्रसाद भुसाल क्याप्टेन रहेको भलीबल टीमले उल्लेखनीय खेलको प्रदर्शन गरेको थियो । इन्द्रबहादुर कुँवर, प्रकाश कुँवर, राजु कुँवर, गुणबहादुर कुँवर, बिलबहादुर कुँवर सहित पाँचजना कुँवरका साथै गोविन्दराज पाण्डे, कृष्णप्रसाद भट्टराई र क्याप्टेन कृष्णप्रसाद भुसाल गरी आठजनाको भलीबल टीमले अन्त्यमा मंगोलियाको भलीबल टीमलाई समेत पराजित गरेर विजयी भई खेलकूद प्रतियोगितामा प्रथम स्थान प्राप्त गरेको थियो । यस प्रकार बिक्रम सम्बत् २०६७ को शुभागमनको उपलक्षमा मास्कोमा पहिलोपल्ट आयोजना गरिएको एक किसिमले मिनीएशियाड नै भन्न सकिने खेलकूद प्रतियोगितामा नेपालीहरूको सक्रिय सहभागिता रहनुका साथै भलीबल टीमले प्रथम स्थान समेत ग्रहण गर्न सकेकोमा रूसमा रहेका सबै नेपालीहरू गौरवान्वित भएका छन् र भविष्यमा पनि नेपाली खेलाडीहरूले नयाँ नयाँ कीर्तिमान कायम राख्दै जाऊन् भन्ने हार्दिक सदाशय प्रकट गर्दछन् ।
Send Comments
Name
Address
Email  
Comment
 
Comments ( 0 )
Other Headlines
मास्कोमा नयाँ वर्ष २०६७ को सन्बर्भमा खेलकूद प्रतियोगिता.........
मास्कोमा लोकतन्त्र दिवसको उपलक्ष्यमा भव्य समारोह
एनआरएन रुसको छैठौं वार्षिक साधारणसभा
मास्कोमा नारी दिवस र होलीको सन्दर्भमा वृहत् च्यारिटी साँझ
जनमैत्री विश्वविद्यालयका पदाधिकारीहरूसंग भेटघाट
गणतन्त्र दिवसको सन्दर्भमा समारोह
मास्कोमा ५९-यौं प्रजातन्त्र दिवसको उपलक्ष्यमा एक समारोह
Advertisements
 
 आगामी कार्यक्रमहरु
 
 प्रेस विज्ञप्ती
 
NRN LINKS
Non-Resident Nepali Association
NEWS LINKS
Kantipur
Gorkhapatra
The Himalayan Times
RussiaToday
NagarikNews
Dainikee
ENTERTAINMENT
Untitled Document
Copyright © 2008 Non Resident Nepali Associations, Russia