रूस आप्रवासी संघको तत्वावधानमा विक्रम सम्वत २०६७ को शुभागमनका साथै संसारप्रसिद्ध रसियाली जनमैत्री विश्वविद्यालयको क्रीडास्थलमा व्यापक खेलकूद प्रतियोगिताको आयोजना गरिएको थियो । मास्कोमा अध्ययन तथा अन्य व्यवसायमा संलग्न नेपालका मात्र नभई वसन्तागमनका साथै नयाँ वर्षको उत्सव मनाउने भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, नेपालका साथै भियतनाम, लाओस, कम्बोडिया तथा मंगोलिया आदि एशियाका विभिन्न मुलुकका नागरिकहरूको त्यसमा सहभागिता सहभागिता रहेको थियो । स्मरण रहोस्, केही वर्षअघि मात्र मास्कोमा स्थापित रूस आप्रवासी संघमा रूसमा बसोवास गरिरहेका विभिन्न देशका नागरिकहरू आबद्ध छन् र नेपालीहरूको प्रतिनिधित्व गर्ने एकजना डा। भीष्म आचार्य यस संस्थाको उपाध्यक्ष पबमा निर्वाचित हुनुभएको छ|